१० वर्षीय ह्याकरले इन्स्टाग्राम ह्याक गरेबापत १० हजार डलर पुरस्कार पाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१० वर्षीय ह्याकरले इन्स्टाग्राम ह्याक गरेबापत १० हजार डलर पुरस्कार पाए



फिनल्याण्डमा एक १० वर्षीय ह्याकरले इन्स्टाग्राम ह्याक गरेबापत १० हजार डलर पुरस्कार पाएका छन् ।

थर नखुलाइएका जनी नामका ती बालकलाई सोसल नेटवर्किंग साइट इन्स्टाग्राममा भएको एक सुरक्षा कमजोरी पत्ता लगाइदिएबापत यो पुरस्कार दिइएको हो ।

जोनीले एक बगको सहायताले इन्स्टाग्राममा कुनै प्रयोगकर्ताको कमेन्ट मेटाउन सकिने तथ्य पत्ता लगाएका थिए ।

फेसबुकले इस्टाग्राममा फेला परेको यो कमजोरीलाई तुरुन्तै सुधार गरेको छ । त्यसका साथै जोनी सबैभन्दा कम उमेरमा बग बाउन्टी पुरस्कार जित्ने ह्याकर बन्न पनि सफल भए ।

इन्स्टाग्राममा फेला परेको सुरक्षा त्रुटी पत्ता लाग्ने बित्तिकै जोनीले फेसबुकमा एक इमेल पठाएका थिए ।

त्यसपछि फेसबुकका सुरक्षा इन्जिनियरहरुले जोनीका लागि एक टेस्ट अकाउण्ट बनाए जसबाट उने आफ्नो दाबीको प्रमाण पेश गर्न सकून् ।

हेलसिन्कीका बासिन्दा जोनीले फिनल्याण्डको एक पत्रिकामा बताए अनुसार उनले फेसबुकका इन्जिनियरहरुसामु इन्स्टाग्राममा रहेको सुरक्षा त्रुटी प्रमाणित गरिदिए । सो बापत फेसबुकले उनलाई १० हजार पुरस्कारको घोषणा गर्यो ।

आफुले पाएको पुरस्कार रकमबाट  आफ्ना भाइहरुका लागि नयाँ बाइक, फुटबल खेल्ने सामाग्री तथा कम्प्युटर खरीद गर्ने योजना बनाएको यी १० वर्षे ह्याकरको भनाई छ ।

फेसबुकले यस्ता अनलाइन सुरक्षा त्रुटी पत्ता लगाइदिनेे मानिसहरुलाई बग बाउन्टी नामक पुरस्कार दिने गरेको छ । सन् २०११ बग बाउन्टी अन्तरगतर उसले ४३ लाख डलर बाँडिसकेको छ ।

कतिपय कम्पनीहरुले सुरक्षा पेशेवर तथा युवा वैज्ञानिकहरुका लागि वित्तिय प्रोत्साहनको यस्तो कार्यक्रम ल्याएका छन् । जसबाट कम्पनीहरुको अनलाइन सुरक्षा त्रुटीको जानकारी ब्लाक मार्केटमा नबेचियोस् र कम्पनीलाई नै पहिले जानकारी प्राप्त हुन सकोस् ।

अनलाइनखबरबाट

प्रकाशित : २४ बैशाख २०७३, शुक्रबार ०२:४३