ओटीसी बजार क्रियाशील गर्न धितोपत्र बोर्डको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओटीसी बजार क्रियाशील गर्न धितोपत्र बोर्डको निर्देशन



Pdfकाठमाडाै । नेपाल  धितोपत्र बोर्डले दोस्रो बजारमा सूचीकरणका आधारभूत प्रक्रिया पूरा नगरेका अनि गर्न नसकेका कम्पनीलाई ओटीसी बजारमा कारोबार गर्न निर्देशन दिएको छ ।  ओटीसी (ओभर दी काउन्टर) मा सूचीकरण हुन नसकेका, सूचीकरण खारेज भएका, सूचीकरणका प्रक्रिया पूरा गर्न नसकेका कम्पनीले कारोबार गर्न सक्ने प्रावधान छ ।

यस बजारमा पब्लिक लिमिटेड तथा सरकारी संस्थाले सार्वजनिक निष्कासन गरेका सेयरसमेत कारोबार गर्न मिल्छ । हामीकहाँ सात वर्षअघि नै ओटीसी बजार सञ्चालनसम्बन्धी विनियमावली जारी भई कारोबारको मार्गदर्शन तय भएको भए पनि कारोबार हुन सकेको थिएन । पछिल्ल केही महिनायता भने ओटीसीमा कारोबार गर्नेक्रम बढ्न थालेको छ । हालसम्म चार वटा कम्पनीको आठ लाख २७ हजार तीन सय ८४ कित्ता सेयर ओटीसीमा कारोबार भएको छ ।

धितोपत्र बोर्डले दोस्रो बजारमा सूचीकरण गरी प्रक्रिया पूरा गर्न नसक्ने कम्पनीलाई ओटीसीमा कारोबार गर्न आग्रहसमेत गरेको छ । हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरिएका कतिपय कम्पनीको वर्षौदेखि सेयर कारोबार हुन सकेको छैन । यस्ता कम्पनीलाई पनि नेप्सेले सूचीकरणबाट हटाएको छैन ।

प्रकाशित : २४ बैशाख २०७३, शुक्रबार १६:१०