अन्तराष्ट्रिय बीमा कन्फरेन्स तयारी पुरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अन्तराष्ट्रिय बीमा कन्फरेन्स तयारी पुरा



2059112255_1462536577काठमाडौ । दक्षिण एशियाली देशहरुको बीमा नियमनकारी निकायहरुको तस्रो सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बीमकहरुलाई स्थानीय तहबाट सुदृढ गर्दै विश्वब्यापीकरण गर्दै लैजानुपर्ने भन्ने अवधारण सहित तस्रो सम्मेलन तथा दुइ दिने अन्तराष्ट्रिय बीमा कन्फरेन्स यहि बैशाख ३० र ३१ गते काठमाण्डौमा हुने भएको छ ।

उक्त सम्मेलनमा सेक्युरेटिज एण्ड एक्सचेन्ज कमिसन अफ पाकिस्तानका वर्तमान अध्यक्षबाट नेपालको नियमनकारी निकायका प्रमुख बीमा  समितिका अध्यक्षलाई अध्यक्षता हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । साथै उक्त सम्मेलनले आपसी सहयोग तथा बीमा क्षेत्रका बीमकको पहँुच सर्वसाधरणलाई पुग्ने गरी इन्क्ल्युसिभ इन्स्योरेन्स को पद्धति, अनुभव र आगामी योजनाहरुबारे पनि छलफल गरिने छ ।

कार्यक्रमको तालिका अनुरुप बैशाख ३० गते १०ः३० बजे उद्घाटन र यस पछि  बीमा कन्फरेन्स शुरु हुने भएको छ । बीमाको पहँुच बढाउन बीमा नियमनको भूमिका बिषयक  प्रस्तुती तथा प्यानल छलफल त्यस्तै वर्तमान चासो तथा  बीमाको भूमिका सहितको विश्वव्यमपी जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने विनासकारी व्यापक सम्भाव्य जोखिम, तथा  गत बर्षमा आएको भुकम्पले पारेको असर तथा  अपनाउनुपर्ने उपायहरुबारे प्रस्तुतिहरुका साथै समही बिषयवस्तुमा विज्ञहरुसँग छलफल गरिने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमको दोस्रो दिन अन्तर्गत बीमकहरुको क्षमता तथा बीमाको दाबीको सरलीकरण, बीमकहरुलाई टाट पल्टिनबाट जोगाई उपभाक्ताहरुको हकहित सुरक्षित गर्ने सम्बन्धमा विश्वब्यापी चासोको बारेमा र जोखिममा आधारित पूँजि तथा  सोल्भेन्सी मार्जिन बारेको प्रस्तुति, बीमाको जनशक्तिको विकास तथा सशक्तिकरणबारे पनि प्रस्तुती तथा  छलफलहरु कार्यक्रम समावेश भएका छन् ।

उक्त सम्मेलनबाट विश्व बीमाको बजारमा नेपालको पहिचान हुने, आपसी छलफल तथा प्रस्तुतीहरुबाट बीमा क्षेत्रमा समसामयिक नयाँ धारणको पहिचान हुने, एक आपसी अनुभवको आदान प्रदान भई देशको बीमामा समावेशिताको क्षेत्र तथा सो को सुलभ कार्यान्वयनको लागि  मार्ग प्रशस्त हुने आशा लिइएको छ । गत बर्ष विनाशकारी महाभूकम्प गएको कारण कार्यक्रम स्थगित गर्नुपरेको थियो ।

प्रकाशित : २५ बैशाख २०७३, शनिबार ०४:१५