जिओ फोर्डको ‘फोर्ड चाडपर्व अफर’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जिओ फोर्डको ‘फोर्ड चाडपर्व अफर’



काठमाडाै । फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर प्रस्तुत गरेको छ । कम्पनीले फोर्डका कारहरु फिगो, एस्पाएर, फ्रिस्टाइल र इकोस्पोर्टको भेरियन्टमा किन्‍ने ग्राहकलाई लक्षित गरेर यो योजना प्रस्तुत गरेको छ ।

यस वर्षको फोर्ड फेस्टिभ अफर अनुसार उपलब्ध तीन अफर मध्ये ग्राहकले एउटा छनोट गर्नु पर्ने हुन्छ । जसमा नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बीमा रहेका छन् ।

पहिलो योजनामा ग्राहकले बक्सबाट तीनवटा स्क्रयाच कार्ड छनोट गरी ४ लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउँछन् । प्रत्येक स्क्रयाच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार र बढीमा एक लाख ५० हजार रुपैयाँसम्म हुन्छ । यो अफर अन्‍तर्गत ग्राहकले विस्तृत बीमा र आधारभूत एसेसोरिज प्राप्त गर्छन् ।

दोस्रो योजना अनुसार ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकरा दिनेछ । यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुनेछ । जीओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज बापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले एसेसोरिज र बिमा पनि प्राप्त गर्छन् ।

तेस्रो योजना हो स्थगित भुक्तानी अर्थात् डिफर्ड पेमेन्ट । योजना अनुसार ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशत डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सकिन्छ । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिन्छ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्ने कम्पनिले जनाएको छ ।

प्रकाशित : ४ आश्विन २०७७, आईतवार १३:३७