सेयर भर्दा पिनकोड अनिवार्य, यसरी लिने कोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सेयर भर्दा पिनकोड अनिवार्य, यसरी लिने कोड



काठमाडाै । मेरो शेयर मार्फत साधारण सेयर (आईपिओ)मा आवेदन दिँदा पिन कोड आवश्यक पर्ने भएको छ । आईपिओमा आवेदन दिँदा यस अघि वान टाइम पासवर्डको प्रयोग हुने गरेकोमा अब चार डिजिटको पिन कोड आवश्यक पर्ने भएको हो ।

सिडीएसले वान टाइम पासवर्डलाई प्रतिस्पथापन गरेर पिन कोडको ब्यबस्था लागु गरेको हो । मेरो शेयरमा लग इन् गर्दा लगानीकर्ता स्वयंले ४ डिजिटको पिन सेट गर्नु पर्ने र आईपिओमा आवेदन दिँदा सोहि कोड प्रयोग गर्नु पर्ने ब्यबस्था सिडीएसले गरेको हो ।

यसबाट मेरो शेयर सफ्टवेयर थप सुरक्षित हुने सिडीएसले जनाएको छ ।

प्रकाशित : ४ आश्विन २०७७, आईतवार १७:५०