हिमालयन बैंकको नौ महिनाको नाफा सवा अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन बैंकको नौ महिनाको नाफा सवा अर्ब



hbl-smallकाठमाडौं । हिमालयन बैंकले तेस्रो त्रैमासमा १ अर्ब ३१ करोड खुद नाफा कमाएको छ । गत बर्षको तेस्रो त्रैमाससम्ममा ९० करोड मात्रै खुद नाफा गरेको बैंकले सो अबधिको तुलनामा यस बर्ष ४६ प्रतिशत खुद नाफा बढाएको हो ।
गत वर्ष बैंकले ३५ प्रतिशत बोनस शेयर दिएर पुँजी बढाए पनि खुद मुनाफामा भारी वृद्धि भएका कारण प्रति शेयर आम्दानी समेत बढेको छ । बैंकको प्रति शेयर आम्दानी ३९ रुपियाँ पुगेको छ ।
निक्षेप र कर्जामा समान रुपको बृद्धिका साथै संचालन खर्चमा गरेको कटौटी पनि सकारात्मक पक्ष हुन् । करिब साढे ४ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिभर्जमा समेत ३ अर्ब ७८ करोड रुपियाँ रहेको छ । बैंकको प्रति शेयर नेटवर्थ १८४ रहेको छ । गत वर्ष ६८ अर्ब रहेको निक्षेप चालु आवको चैत्रसम्म ८० अर्ब रुपियाँ पुगेको छ भने कर्जा पनि ५५ अर्बबाट ६५ अर्ब रुपियाँ पुगेको छ । बैंकको पुँजी कोष १०.९५ प्रतिशत र खराब कर्जा २.९८ प्रतिशत रहेको छ ।

प्रकाशित : २५ बैशाख २०७३, शनिबार ०४:३२