एनएमबी माइक्रोफाइनान्सको १२० प्रतिशत हकप्रद सेयर निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी माइक्रोफाइनान्सको १२० प्रतिशत हकप्रद सेयर निष्काशन



काठमाडौ । एनएमबी माइक्रोफाइनान्सले १ बराबर १.२ (१ः १.२) अनुपात अर्थात १२० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीको विशेष साधारणसभाले लगानीकर्तालाई १२० प्रतिशत हकप्रद सेयर वितरण गर्ने स्ताव पारित गरेको हो । अहिले ४ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद जारी पश्चात  चुक्ता पुँजी १० करोड १२ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले २८ वटा शाखा कार्यालयहरुबाट वितिय सेवा प्रदान गरिरहेको छ । त्यस्तै ग्राहकको सुविधालाई मध्यनजर गर्दे कम्पनीले साधारणसभामा कम्पनीका अध्यक्ष उत्तम भ्लोनले ग्राहक सदस्यका लागि एसएमएस नोटिफिकेसन सेवा सुरु गरे । यसबाट ग्राहकले आफूसँग सम्बन्धित वित्तीय कारोबार विवरण आफ्नो मोवाइलबाट थाहापाउन सक्छन् ।

प्रकाशित : २६ बैशाख २०७३, आईतवार १६:०८