युनाईटेड इदी–मार्दीको आइपीओ आजबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनाईटेड इदी–मार्दीको आइपीओ आजबाट



काठमाडाै र युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर (आइपिओ) असोज ७ , आजबाट कस्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई आइपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। स्थानीयका लागि निकाल्न लागिएको यो आईपीओको निष्कासन छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ।

स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता शेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको दर्शाउँछ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार ११:५९