विपदको सारथी सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

विपदको सारथी सहकारी



काठमाडाै। कोरोना भाइरस(कोभिड १९)को संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि बिश्व नै लडिरहको छ । लकडाउन अवधिभर उद्योगधन्दा, व्यापार व्यवसाय, बजार सबै ठप्प नै भए । नागरिकहरु घर–घरमै बसेर कोरोनाविरुद्धको यो लडाईमा सरकारले चालेका कदम नियालिरहे ।

विभिन्न पेशा र व्यवसायमा आबद्धहरुमध्ये अधिकांश यो अवधिमा घरमै आफ्नो परिवारसँग दिन बिताइरहे । तर, सहकारीले भने यो महामारीलाई अवसरको रुपमा सदुपयोग गरेका छन् । तत्कालीन समयमा सदस्य प्रति केन्द्रित नभएर बचत र ऋणको मात्रै काम गर्ने आरोप खेपेका सहकारीले महामारीमा आफूलाई अब्बल रुपमा उभ्याउने अवसर पनि भयो ।

कोरोना कहर, सहकारी क्षेत्रमा आर्थिक (वित्तीय) व्यवस्थापनको विषय मात्र होइन समग्र सामाजिक उत्तरदायित्व, आफ्ना मूल्य मान्यता र सिद्धान्तलाई समेत जोगाउनु सहकारीका लागि चुनौतीको पहाड बनेर उभियो ।

व्यक्तिगत सुरक्षा उपकरण(पीपीई)बिना नै कतिपय स्वास्थ्यकर्मी यो लडाई लडिरहेका बेला देशमा कतिपय व्यक्ति तथा संस्था यस्ता पनि देखिए, जसले यो अवधिमा आफ्नो स्वास्थ्य र ज्यानको समेत परवाह नगरी देश र नागरिकलाई बचाउने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने काम गरे । कोही आफ्ना सदस्यहरुको खोजी खोजी राहात बाड्न थाले त कोही वित्तिय रुपमा काराेबारलाई कसरी प्रवाभकारी बनाउने र सदस्यलाई गुणस्तरिय सेवा दिने भन्ने मै केन्द्रित भए । हतियारबिना लडाईमा होमिएको विवश र निरश लडाकू झै पीपीईबिना नै कोरोनाविरुद्धको लडाई लडिरहेकाहरुको उत्साह बढाउने मामलामा सहकारीको भूमिका उदाहरणीय देखियो ।

मुलुकमा भएको ६ महिना लामो बन्दाबन्दी समयमा सहकारीहरुले धेरै नेक्सानी बेहोर्नुपरेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले बताए । विपदमा पनि सहकारीहरुले आफ्नो क्षमता र गच्छे अनुसारको सहयोगमा कुनै कञ्जुस्याँई नगरेको अध्यक्ष कँडेलको भनाई छ । उपभोक्ता सहकारीहरुले सुलभ पसलहरु सञ्चालन गर्दै र सञ्चार सहकारीहरुले सचेतनामूलक सूचना आदान प्रदान गरेर , स्वास्थ्य सहकारीले विभिन्न ठाउमा स्वास्थ्य सेवा दिएर , कृषि सहकारीले किसानको उत्पादन सोझै किनेर र वित्तिय सहकारीले घर दैलाे र प्रविधीको प्रयोग गरेर योगदान पुर्याएको कँडेलले बताए ।

कडेल भन्छन् – बचत तथा ऋण सहकारीहरुले वित्तीय परिचालन र आर्थिक सहायताका कार्यक्रम अघि बढाएका आफ्ना सदस्यहरुलाई सहयोग पुयाए । महामारीको समयमा आफ्ना सदस्यहरुका लागि व्याज, हजर्ना लगायतको छुट दिएको बताए ।

बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९को महामारीका अग्रपंत्तीमा रहेर उपचार गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने उद्देश्यले एम्बुलेन्स चालस, नर्स, ल्याब प्राविधिक र डाक्टगरी आधादर्जन स्वास्थ्यकर्मीलाई सम्मान गर्यो । स्वास्थयकर्मी प्रति पछिल्लो समय देखिएको विसंगतिलाई चिर्नका लागि सांकेतिक रुपमा सम्मान कार्यक्रम गरिएको संस्थाका सचिव लक्षमण न्याैपानेले बताए । सदस्यलाई मात्र हैन हामीले समाज भित्र रहेका अन्य क्षेत्रलाई पनि विपदको बेला सहकारी अग्रसर भएर काम गर्नु पर्छ भन्ने मान्यताका साथ काम गरिएको बताए ।

जय बिन्दावासीनी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध सञ्चालक राम कुमार काफ्लेले अप्ठेरेरो परिस्थितीमा आफ्ना सदस्य र समुदायहरुलाई आफ्नो तर्फबाट रचनात्मक सहयोग पुर्याउन सफल भएको बताए । यो समय हामीले अनलाइन कारोबारलाई केही प्रभावकारी बनायाै । सदस्यलाई सावाँ ब्याज दुबै भुक्तानि गर्नेलाइृ ब्याजमा १५ प्रतिशत सम्म छुट दिने लगायतका सुविधा दियाैँ काफ्लेले भने । ब्यापारिक केन्द्र मानिएको न्यूरोडमा सञ्चालित नवसवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सन्तोष प्रधानले यो महाबिपदको समय अवधी भर आफ्ना सदस्यहरुलाई हर्जना छुटको व्यवस्था गरेको बताए । सहकारीका सदस्यहरुले असार मसान्तमा ब्याज तिर्ने सदस्यहरुलाई १० प्रतिशतसम्म ब्याज छुटको ब्यवस्था गरिएको जानकारी दिए ।

विपदको समयमा हामी सञ्चालक समितिका साथीहरु र ब्यवस्थापन पक्ष चुप लागेर बसेनाै स्मरण बचत तथा ऋण सहकारीका प्रबन्धक निर्मल हुमागाइ भन्छन्- “हाम्रो सम्पर्कमा रहेका सदस्यहरुलाई हामी आफैले अवस्थाको बारेमा जानकारी लियाैँ ” । असहज अवस्थाका बाबजुद पनि घर दैलाे सेवालाई बन्दा बन्दीको अवस्थामा प्रभावकारी बनाएको हुमागाइले वताए । सदस्यलाई नै केन्द्रमा राखेर ब्याज मात्र तिर्नेलाई तीन महिनाको १० प्रतिशत छुट र सावाँ ब्याज दुबै बुझाउनेलाई १५ प्रतिशत छुट दिएको उनले जानकारी दिए । अहिले पनि समस्यामा परेका सदस्यहरुलाई सरल र सहज रुपमा कर्जा उपलब्ध गराउने । आर्थिक रुपमा समस्या परेकालाई सहयोग गर्ने अभियान जारी राखेको हुमागाइले बताए ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार १६:३९