हिमालयन डिष्टिलरीकी पूर्व सञ्चालक श्रेष्ठ र श्री इन्भेष्टमेन्ट ब्रोकर कम्पनीलाई जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

हिमालयन डिष्टिलरीकी पूर्व सञ्चालक श्रेष्ठ र श्री इन्भेष्टमेन्ट ब्रोकर कम्पनीलाई जरिवाना



काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन डिष्टिलरीकी पूर्व सञ्चालक रहिसा श्रेष्ठलाई ७५ हजार जरिवाना गरेको छ । श्रेष्ठले अनधिकृत रुपमा सेयर कारोबार गरे वापत श्रेष्ठलाई ७५ हजार जरिवाना गरिएको हो ।

त्यस्तै, गलत ढंगले सेयर कारोबार गर्ने श्री इन्भेष्टमेन्ट प्राली नामको ब्रोकर कम्पनीलाई पनि एक लाख ५० हजार रुपैयाँ जरिवाना गराएको छ । श्रेष्ठलाई आगामी १० वर्षसम्म कुनै पनि सूचिकृत संस्थाको सञ्चालक बन्न पनि रोक लागेको छ ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार १७:१८