एनसेलले ९ अर्ब ९७ करोड पूँजीगत लाभकर बुझायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसेलले ९ अर्ब ९७ करोड पूँजीगत लाभकर बुझायो



ncellकाठमाडौ। अन्ततः एनसेलले पूँजीगत लाभकर बुझाएको छ । टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्गस् ‘ए.एस.’ले रेनल्ड्स् होल्डिङ्गस् लिमिटेड (रेनल्ड्स्) को शेयर बिक्री गर्दा भएको लाभको १५ प्रतिशत रकम ठूला करदाता कार्यालयमा दाखिला गरेको हो ।एनसेलले यस बापत ९ अर्ब ९७ करोड बराबर रकम बुझाएको हो । रेनल्ड्स् एनसेलको विगतको र हाल पनि ८० प्रतिशत शेयर होल्डर हो ।

मलेसियाको एक्जियटाले एनसेल १ अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो । टेलियासोनेराले एनसेल बिक्रीको लाभकर नतिरी भागेसँगै एक्जियटाले भने यो विषय आफुले सल्टाउने जनाएको छ ।एनसेल यो कारोबारमा टेलिया नर्वेले रेनल्ड्स्को शेयर बिक्री गरेको र सम्पूर्ण कारोबारमा एनसेलको कुनै संलग्नता नरहेको तथा कारोबारको दौरानमा एनसेलले न त कुनै भुक्तानी दिएको न त प्राप्त गरेको जनाएको छ ।

एनसेल नेपालकै सबैभन्दा ठूलो करदाता रहेको र कम्पनीले निरन्तर देशको कानून परिपालना गर्दै आएको जनाएको छ । एनसेलले निरन्तर अवस्थामा सुशासनको उच्च मापदण्ड अभ्यास गर्दै आएको र कर दायित्वको परिपालना गर्दै आएको पनि एनसेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।शेयर बिक्रीको दौरान लाभ भएको छ भने लाभकरको हिसाब गरी त्यसको जानकारी दिने दायित्व शेयर बिक्रेताको रहेता पनि एनसेलले रेनल्ड्स्को पूर्व लगानीकर्ताको तर्फबाट अग्रिम कर दाखिला गरेको जनाएको छ ।यसबारे संसदका विकास समिति, अर्थ समिति र लेखा समितिमा समेत पटक पटक छलफल भए पनि समितिहरु ठोस निर्णय बिना पन्छिदैं आएका थिए ।

प्रकाशित : २६ बैशाख २०७३, आईतवार १५:३१