नव गायिका लक्ष्मी स्याङ्तेनको पहिलो कोसेली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नव गायिका लक्ष्मी स्याङ्तेनको पहिलो कोसेली



काठमाडाै । नव गायिका लक्ष्मी स्याङ्तेनले नेपाली सांगीतिक बजारमा आफ्नो पहिलो कोसेली पस्केकी छिन्| गीतकार कृष्ण अविरलको शब्दमा भानुभक्त ढकालको संगीत रहेको यस उडिजाने बदलुले बोलको गीतमा लक्ष्मीको जादुमय स्वर भरिएको छ |सांगीतिक क्षेत्रमा निकै नै सम्भावना सहित भित्रिएकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन गरेका छन् भने अनुप गिरीले सम्पादन गरेका छन् |

13112598_1170590159632114_933435582_o
मोडेल सब्बु गुरुङ र आर्जेश रेग्मीको अभिनय रहेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालको निर्माणमा निर्देशक गुरुङले नै छायांकन गरेका हुन् भने एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ | भर्खरै मात्र युट्युब मार्फत सार्वजानिक भएको म्युजिक भिडियो नेपाली साँगीतिक क्षेत्रमा लोकप्रिय बन्दै गईरहेको छ |

भिडियो हेर्नुस्

प्रकाशित : २८ बैशाख २०७३, मंगलवार ०४:०९