लगानी बोर्डको सीइओ बन्न ८ जनाको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लगानी बोर्डको सीइओ बन्न ८ जनाको आवेदन



1536900894_1462960246काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बन्नको लागी वर्तमान सीइओ राधेश  पन्तसहित ८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा पन्तबाहेक प्रकाश अवस्थी, खड्गबहादुर विष्ट, महाप्रसाद अधिकारी, सुरेन्द्र कुमार पौडेल, रमेशनाथ बाँस्तोला, सरोज कोइराला र विश्वलाल श्रेष्ठ छन् ।

बोर्डमा सत्तारुढ दलका तर्फबाट एमालेनिकट व्याक्ति आउने सम्भावना प्रवल रहेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरबाट अवकाशप्राप्त महाप्रसाद अधिकारीलाई सीइयो पदमा ल्याउने कसरत भइरहेको जानकारीमा आएको छ । लगानी बोर्डले ठूला पूर्वाधार विकासको काममा समेत समन्वय गर्ने भएको कारणले उक्त पदमा प्राविधिक पृष्ठभूमिको व्याक्ति चाहिने माग पनि उठेको छ ।

मन्त्रिपरिषदको बैठकले नयाँ सीइओ नियुक्तिका लागी अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिले सिफारिस गरेको नामको आधारमा सरकारले नयाँ सीइओ नियुक्त गर्नेछ ।

प्रकाशित : २९ बैशाख २०७३, बुधबार ११:०३