एनएमबी बैंकको नाफा ८३ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबी बैंकको नाफा ८३ प्रतिशतले बढ्यो



काठमाडौं । एनएमबी बैंकले चालू आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तमा गत वर्षको सोही अवधिको भन्दा ८३ प्रतिशत बढी नाफा कमाएको छ । ०७१ चैत मसान्तमा ३५ करोड रुपैयाँ कमाएको बैंकले ०७२ चैत मसान्तमा ७७ करोड ११ लाख नाफा कमाएको हो ।

बैंकले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार एक वर्षको अवधिमा निक्षेप १३ प्रतिशत र कर्जा साढे ९ प्रतिशतले बढेको छ ।

मर्जर पश्चात व्यवसायमा भएको विस्तारका कारण नाफा बढेको बैंकले जनाएको छ । हाल एनएमबी बैंकले ६८ शाखा, ७ वटा एक्सटेन्सन काउन्टर र ४८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २९ बैशाख २०७३, बुधबार ११:१४