नयाँबसपार्क नजिकै संचालनमा आयो बिजी मल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँबसपार्क नजिकै संचालनमा आयो बिजी मल



काठमाडौं । राजधानीको नयाँ बसपार्क नजिकै अत्याधुनिक सपिङ कम्प्लेक्स बिजी मल संचालनमा आएको छ । मलको पूर्व अर्थमन्त्री डा. रामशरण महत र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संयुक्त रुपमा उद्घाटन गरे ।

????????????????????????????????????
महतले उदार अर्थ नीति लागू भएपछि मुलुकको आर्थिक विकासमा कायापलट भएको बताउँदै ठुला आयोजनाहरु फाष्ट ट्र्याक, बूढी गण्डकी लगायतका आयोजना आफ्नै लगानीमा निर्माण गर्न सके राम्रो हुने बताए । उनले फाष्ट ट्रयाक स्वदेशी लगानीमा पाँच वर्षभित्र निर्माण गर्नुपर्ने बताए । महासंघका अध्यक्ष मुरारकाले खुला अर्थ व्यवस्थामा निजी क्षेत्रको सहभागिताका कारण नै अर्थतन्त्र फष्टाएको बताए ।

????????????????????????????????????

सबै वर्गका उपभोक्तालार्इ लक्षित गरेर काठमाण्डौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिजि मल सञ्चालनमा ल्याइएको मलका निर्देशक राजु गिरीले जानकारी दिए ‘गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पुर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका स्थल सहित हामीले बिजि मल संचालनमा ल्याएका छौं । अन्तराष्ट्रियस्तरका विद्युतीयदेखि लत्ता कपडा लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं ।’

उद्घाटनको अवसरमा मलले ग्राहकरुलाई २० प्रतिशत छुट दिएको छ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ६० वटा पसल तथा शोरुम सञ्चालनमा आईसकेका छन् ।
यथेष्ठ पार्किङ्गको सुविधा रहेको मलमा उद्घाटनको अवसर पारेर ग्राहकहरुलाई लक्षित गर्दै बैशाख २९ देखि जेठ १ गतेसम्म विभिन्न सांगितिक कार्यक्रमहरु निरन्तर रुपमा आयोजना हुने गिरीले बताए ।

प्रकाशित : २९ बैशाख २०७३, बुधबार ११:२४