राजिनामा दिएको एक घण्टा नबित्दै ओलीले दिए रेग्मीलाई बम्पर उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

राजिनामा दिएको एक घण्टा नबित्दै ओलीले दिए रेग्मीलाई बम्पर उपहार



काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको हो । रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छन् । मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेको छ ।

प्रकाशित : १५ आश्विन २०७७, बिहीबार ११:५०