मेरो माइक्रोफाइनान्सको सेयर गोलप्रथाबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेरो माइक्रोफाइनान्सको सेयर गोलप्रथाबाट



काठमाडो । मेरो माइक्रोफाइनान्सले जारी गरेको साधारण सेयरको बाँडफाँट बुधबार बिहान गरेको छ। मागभन्दा निकै धेरै आवेदन परेकोले गोलप्रथाको माध्यमबाट सेयर बाँडबाँड गरिएको छ।
mero-microfinance_5_11_2016_9_46_15
आवेदकले गोलाप्रथाको आधारमा न्यूनतम १० कित्तादेखि अधिकतम ४१ कित्तासम्म सेयर पाएका छन्। पचासदेखि २ हजार ३ सय कित्तासम्मले जम्मा दस कित्ता पाएका छन् भने दस हजार कित्तासम्म आवेदन दिनेले जम्मा ४१ कित्ता पाएका छन्।
५० देखि ५०० कित्तासम्म आवेदन दिने १ लाख ५३ हजार २८ जनामध्ये २२ हजार २ सय ७७ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। त्यसैगरी ५ सय १० देखि २ हजार ३ सय कित्तासम्म आवेदन दिने १९ हजार ४५ जनामध्ये ८ हजार ८ सय ७९ आवेदकलाई पनि १० कित्ता नै सेयर परेको छ।
२ हजार ३ सयभन्दा माथि दस हजार कित्तासम्म आवेदन दिनेलाई ०.४१ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ। सेयर बाँडफाँटको विवरण शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल को वेबसाइट www.globalimecapital.com र मेरो माइक्रोफाइनान्सको वेबसाइट www.meromicrofinance.com मा हेर्न सकिनेछ।
साठी दिनपछि सेयर बाँडफाँट गरेको हो। माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। कान्तिपथस्थित होटल एल्लो पागोडामा बिहान ९ बजे माइक्रोफाइनान्सको साधारण शेयर बाँडफाँडको कार्यक्रम आयोजना गरिएको थियो। सामान्यतया: ५० दिनमा बाँडफाँड गर्नुपर्ने नियम भए पनि मेरो माइक्रोफाइनान्सले धितोपत्र बोर्डको सहमतिमा दस दिन ढिलो बाँडफाँड गरेको हो।
 मेरो माइक्रोफाइनान्स झण्डै दुई सय गुना बढी आवेदन परेको थियो। साधारण शेयरका लागि साढे १२ अर्ब बढीको आवेदन थियो ।
माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । १४ करोड १८ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले ६ करोड १२ लाख रुपैंयाको शेयर निष्काशन गरेपछि चुक्ता पूँजी २० करोड रुपैंया पुग्नेछ । शेयर निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ६९.४० तथा सर्वसाधारणको ३०.६० प्रतिशत हुनेछ ।
माइक्रोफाइनान्सले यस अघि नै ६ लाख १२ हजार कित्ता मध्येबाट ३० हजार ६ सय कित्ता शेयर ६ वटा म्युचुअल फण्डका लागि तथा २४ हजार ४ सय ८० कित्ता शेयर कर्मचारीका लागि छुट्टाइसकेको छ। गत वर्षको चैत मसान्तमा करिब तीन  करोड खुद नाफा कमाएको माइक्रो फाइनान्सले यसपटक नाफा बढाएर ५ करोड ५३ लाख पुर्‍याएको छ।

प्रकाशित : २९ बैशाख २०७३, बुधबार १०:४८