भुकम्प प्रभावित स्थानमा बैंकिङ सेवा पुर्याउने यस्तो छ राष्ट्र बैंकको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भुकम्प प्रभावित स्थानमा बैंकिङ सेवा पुर्याउने यस्तो छ राष्ट्र बैंकको तयारी



काठमाडौं। भुकम्पबाट प्रभावित सबै स्थानमा बैकिङ सेवा पुर्याउन केन्द्रिय बैंक राष्ट्र बैंकले  तयारी थालिसकेको छ । भुकम्पबाट अति प्रभावित १४ जिल्लामा बैंकिङ प्रणाली मार्फत राहत तथा अन्य सेवा तथा सुबिधा पुर्याउने हेतुले बैंकहरुले शाखा विस्तार गर्दा राष्ट्र बैंकबाट पूर्वस्वीकृत लिनुपर्ने जनाइएको छ ।

दोलखा, सिन्धुपलाञ्चोक, काभ्रे, गोरखा, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुली र ओखलढुंगामाका गाविसमा शाखा विस्तार गर्दा बैंकबाट स्किृत लिनुपर्ने र बैंकहरुले उक्त स्थानका जनताका लागि शुन्य ब्याजदरमा कर्जा तथा पुनर्कर्जा सुविधा उपलब्ध गराइने राष्ट्र बैंक उच्च अधिकारीको भनाई छ । त्यस्तै आगामी दिनमा राहत तथा पुर्नस्थापनार्थ गाउँगाउँमा ठूलो रकम जाने हुँदा त्यसको मितव्ययिता र प्रभावकारी कार्यान्वयनका लागि बैकिङ प्रणाली आवश्यक रहेको अधिकारीको भनाई छ । त्यस्तै व्यक्तिमार्फत राहतको रकम जाँदा दूरुपयोग हुनसक्ने भन्दै सरकारलाई बैंकिङ प्रणालीबाट राहत पुर्याउन राष्ट्र बैंकले सुझाव दिइसकेको छ ।

यसका लागि बैंकहरु सरोकारवाला पक्षसंग छलफल गरी बैंकिङ सेवा नपुगेको ठाउँमा शाखा विस्तारको लागि पर्ने समेत जनाइएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७२, बिहीबार १६:२०