बीमा समितिका अध्यक्ष चापागाईले दुई अर्ब घोटाला गरेको आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

बीमा समितिका अध्यक्ष चापागाईले दुई अर्ब घोटाला गरेको आरोप



काठमाडाै । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले झण्डै दुई अर्ब घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । उनले तीन वर्षअघि १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा सो घोटाला गरेको आरोप लगाइएको हो ।

उजुरीमा चापागाईले आफ्नो कार्यकालमा आर्थिक लेनदेनदेखि पद र सम्पतीको दुरुपयोगसम्म छन्। चापागाईका विरुद्धमा कमिसन लिएर नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययनको प्रतिवेदन लुकाएर लेनदेन गरेको, सम्पतीको दुरुपयोग गरेको, मन नपरेका कर्मचारीलाई जथाभावी विभाग सरुवा गरेको, विज्ञापनमा पक्षपात गरेको जस्ता उजुरी परेका छन्।

असोज ५ गते अख्तियारमा दर्ता भएको उजुरीमा चापागाईले १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा सय रुपैयाँ पर्ने प्रमोटर सेयरलाई ११५ रुपैयाँका दरले पैसा उठाएर झन्डै २ अर्ब घोटाला गरेको उल्लेख छ।

अध्यक्ष चापागाईका विरुद्धमा पहिलो र दोस्रो नम्वरमा उल्लेख गरिएको बुँदामा नयाँ कम्पनी दर्ता गरी बीमा कारोबारको अनुमति दिँदा झण्डै दुई अर्ब रुपैयाँ घोटाला गरेको आरोप लगाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीमा १० वटा नयाँ जीवन बीमा कम्पनी र ३ वटा नयाँ निर्जिवन बीमा कम्पनी दर्ता गर्दा १०० रुपैयाँको संस्थापक शेयर बापतको रकम ११० देखि ११५ रुपैयाँसम्म भुक्तानी गरिएको दावी गरिएको छ ।

सो दावीलाई आधार मान्ने हो भने १० वटा जीवन बीमा कम्पनी दर्ता गर्दा १ अर्ब ७० करोड रुपैयाँ र ३ वटा निर्जिवन बीमा कम्पनी दर्ता गर्दा २७ करोड ३० लाख रुपैयाँ घोटाला भएको देखिएको छ । कूल दुवै कम्पनी मिलाएर दुई अर्ब भन्दा बढि रकम घोटाला भएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा लगाइएको छ ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार १४:२५