ग्रीन डेभलपमेन्ट बैंकले ल्यायो ४ लाख ५० हजार कित्ता साधारण सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रीन डेभलपमेन्ट बैंकले ल्यायो ४ लाख ५० हजार कित्ता साधारण सेयर



green-dev-bankकाठमाण्डौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारण सेयर निष्कासनको अनुमति पाएको छ । बाग्लुङमा मुख्य कार्यालय रहेको यो बैंकको सेयर निष्कासनका लागि धितोपत्र बोर्डले आइतबार अनुमति दिएको हो । बैंकले चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । तीन जिल्ला कार्यक्षेत्र रहेको यो बैंक सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्छ । बैंकको कार्यक्षेत्र बाग्लुङ, म्याग्दी र कास्की जिल्ला हुन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएकोले केही सययभित्रै सेयर निष्कासन गर्ने योजनामा बैंक छ । यो डेभपलमेन्ट बैंकले गत चैत्र मसान्तसम्म १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३३ करोड निक्षेप संकलन गरेको बैंकले करिब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस वर्ष साधारण सेयर निष्कासन गर्ने र अर्को वर्ष ४० करोड रुपैयाँको हकप्रद निष्कासन गरेर पुँजी ५० करोड रुपैयाँ पुर्याउने योजना बैंकले सार्वजनिक गरेको छ ।

/

प्रकाशित : ३१ बैशाख २०७३, शुक्रबार ०३:०४