एनसिएचएलको अध्यक्षमा भण्डारी नियुक्त, सदस्यमा उपेन्द्र पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनसिएचएलको अध्यक्षमा भण्डारी नियुक्त, सदस्यमा उपेन्द्र पौडेल



 काठमाडौं। चेकको राफसाफ गर्ने नेपाल क्लियरिङ लिमिटेड( एनसिएचएल)को सञ्चालक समितिको अध्यक्षमा राजनसिंह भण्डारी नियुक्त भएका छन् । बैंकर्स संघका पूर्वअध्यक्ष भण्डारी सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

त्यस्तै समितिले एनएमबीका प्रमुख उपेन्द्र पौडेललाई समितिको सदस्यमा चयन गरेको छ ।

यस अघि सनराइजका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य समितिको अध्यक्ष रहेका थिए ।

प्रकाशित : २१ जेष्ठ २०७२, बिहीबार १६:२९