जनरल इन्स्योरेन्स कम्पनीको ओपनिङ रेञ्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

जनरल इन्स्योरेन्स कम्पनीको ओपनिङ रेञ्ज कति ?



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ओपनिङ रेञ्ज रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्म पाउने सम्भावना रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो ।

कम्पनीको आव २०७५/७६ को प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ७६ रहेको छ । सोही अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिशेयर नेटवर्थ तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आईपीओ असोज २० गते बाँडफाँट गरेको थियो । गोलाप्रथाबाट २ लाख ७३ हजारले १० कित्ता शेयर पाएका थिए ।उक्त कम्पनीको आईपीओमा हालसम्मकै बढी अर्थात् ७ लाख ९६ हजार ७३४ जना ले आवेदन दिएका थिए ।

ती मध्ये २ हजार १८८ जनाको आवेदन रद्द भएको थियो ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार २०:२८