एनएमबी लघुवित्तको बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबी लघुवित्तको बोनस शेयर सुचिकृत



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले शुक्रबार उक्त बोनस शेयर वापतको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता शेयर सूचीकृत गराएको हो । यो शेयर आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार योग्य हुनेछ ।

यस कम्पनीले असार २२ गते सम्पन्न सातौं साधारण सभा मार्फत आर्थिक वर्ष २०७५/७६ को लागि १२ प्रतिशत बोनस शेयर पारित गरेको थियो । कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश समेत दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १० गतेदेखि बुक गरेकाले चैत ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो लाभांश पाएका छन् ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार १४:०९