भोलिदेखि सार्वजनिक यातायात नचल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

भोलिदेखि सार्वजनिक यातायात नचल्ने



पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

आगामी कात्तिक १ गतेसम्म अत्यवश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले जानकारी दिनुभयो ।

सम्पूर्ण शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, होटल तथा रेष्टुरेण्ट, निजी तथा सार्वजनिक सवारी साधनसमेत पूर्ण रुपमा बन्द गर्न भनिएको छ ।

शुक्रबार राती १२ बजेदेखि कात्तिक १ गते राती १२ बजेसम्म यो लागू हुनेछ । इमर्जेन्सी बाहेक सबै स्वास्थ्य संस्था बन्द हुने अर्यालले बताए। खाद्यन्न पसल भने विहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछन् ।

स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने छ। खाद्यन्न ढुवानी गर्न गाउँपालिकाको अनुमति लिनुपर्नेछ। एम्बुलेन्स चौबीसै घण्टा खुला रहने उनले बताए। समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि गाउँपालिका र मातहतका सबै कार्यालय बन्द गरिएको छ ।

प्रकाशित : २४ आश्विन २०७७, शनिबार १९:५६