प्रभुको नयाँ एयरबस हेलीकप्टरले पनि पायो उडान अनुमति



काठमाडौँ । प्रभु हेलीकप्टरले भित्र्याएको नयाँ एयरबस हेलीकप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच वर्षमा यो एयरबस हेलीकप्टर सँगै प्रभु सँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ ।

प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो। सो बमोजिम चैत्र ११ गते काठममाडौं आइ पुगेको थियो तर कोभिड–१९ का कारण औपचारिक प्रकृया ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए।

कल साइन ९ एन–एनएलई रहेकोे हेलिकप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलीकप्टर नेपाली भुभागको लगि योग्य हेलीकप्टर रहेको राजलवटको भनाइ छ। हेलिकप्टर थप भए सँगै नयाँ गन्तव्यहरुमा समेत उडान गर्ने योजना रहेको बताइएको छ।

प्रभु हेलिकप्टर छोटो समयमा राम्रो लोकप्रियता कमाएको हेलिकप्टर उडान सेवा प्रदायक कम्पनी हो । सन २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरको साथ उडान सुरु गरेको प्रभु हेलिकप्टरले ३ बर्ष भित्रै चार वटा नयाँ रोबिन्सन आर६६ टर्बाइन हेलिकप्टर थपेको थियो।

हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकिय उडान गर्दै आएको प्रभु हेलिकप्टरले पोखराबाट अन्नपुर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकलको सेवा दिंदै आएको छ।

नयाँ हेलीकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिट भन्दा माथि सगरमाथा आधार शिविर, लाङटाङ, गोशाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङ/मुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान भर्ने राजलवटले बताए।

हिमाली क्षेत्र लगायत आवस्यक ठाउँमा उद्दार उडान गरिरहेको प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती/सुत्केरीको आपतकालीन उद्दार समेत गर्दै आएको छ।

लकडाउनमा स्वास्थ्य सुरक्षा मार्गदर्शन र नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसरण गरि काम गरेको प्रभु हेलिकप्टरले कोभिड १९ को विषम परिस्थितिमा पनि उद्दार उडानहरु जारी राखेको थियो।

प्रतिक्रिया दिनुहोस
मोबाइलबाटै एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न

हिलटप जुनार बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो

काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान

चन्द्रागिरी हिल्सको आइपिओ खुल्यो

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि आज (मंसिर १७ गते

कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यकः अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस(कोभिड १९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न  निजी