टानका केन्द्रिय सदस्यले के भने स्थानिय विकास राज्यमन्त्रीलाइ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टानका केन्द्रिय सदस्यले के भने स्थानिय विकास राज्यमन्त्रीलाइ ?



taan_100काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का केन्द्रिय सदस्यले स्थानीय विकास राज्यमन्त्री रेशमबहादुर लामासँग भेटघाट गरेका छन् । टानका केन्द्रिय सदस्य एवं दीगो पर्यटन विकास समितिका संयोजक पेम्वा शेर्पा (संगम)को अगुवाई तथा महासचिव कर्ण लामाको नेतृत्वमा गएको टोलीले पर्यटन विकासका लागि सरकारको ध्यानर्षण गराएका थिए ।
राज्यको तीन खम्बे नीति अन्तर्गत बजेट विनियोजनमा पर्यटन क्षेत्र पछाडि परेको, हरेक जिविसमा पर्यटनलाई छुट्याएको बजेट सही सदुपयोग नभएकोबारे मन्त्री लामाको ध्यानाकर्षण गराइएको पेम्वा शेर्पा (संगम)ले जानकारी दिनुभयो । त्यस्तै महासचि कर्ण लामाले तिमालमा वुद्ध स्मारक निर्माणका लागि स्थानीय विकास मन्त्रालयले सहयोग गर्नुपर्ने बताउनुभयो । मन्त्री लामाले पर्यटन विकासका लागि सरकार प्रतिवद्ध रहेको भन्दै पर्यटन विकासका लागि व्यवसायीले थालेका हरेक क्रियाकलापमा मन्त्रालय सहयोग गर्न प्रतिवद्ध रहेको प्रतिवद्धता जनाउनुभयो । भेटघाटमा महासचिव कर्ण लामा, सदस्य पेम्पा शेर्पा (संगम), सरिता लामा लगायतका केन्द्रिय सदस्य सहभागि हुनुहुन्थ्यो ।

प्रकाशित : २ जेष्ठ २०७३, आईतवार १२:४१