बजारमा आयो कर्णाली डेभलपमेन्ट बैंकको चार लाख कित्ता हकप्रद सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजारमा आयो कर्णाली डेभलपमेन्ट बैंकको चार लाख कित्ता हकप्रद सेयर



karnali-bankकाठमाडाै । कर्णाली डेभलपमेन्ट बैंकले चार लाख कित्ता हकप्रद सेयर निस्कासन गरेको छ । १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । बैकको हकप्रदमा वैशाख १३ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको तीनजिल्ले कर्णाली डेभलपमेन्ट बैंकले आइतबार सार्वजनिक सूचना जारी गरी हकप्रद शेयर खुला भएको जानकारी दिएको हो । बैंकले सय रुपैयाँ अंकित दरका दुई बराबर एक हकप्रद निष्काशन गरेको हो। हकप्रद शेयरका लागि यहि जेठ २ गतेबाट आगामी असार ५ गतेसम्म आवेदन दिन सकिने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैकर लिमिटेडले जनाएको छ । बैंकको हकप्रदका लागि ग्रोमर मर्चेन्ट बैंक लिमिटेडको कार्यालय दरबारमार्ग काठमाडौ, कर्णाली डेभलपमेन्ट बैंकका सबै कार्यालयहरु र सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा कार्यालय विराटनगरबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : २ जेष्ठ २०७३, आईतवार १२:४५