गाउँमा नपुग्ने लघुवित्त संस्थाहरुको सञ्चालन स्वीकृति रद्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गाउँमा नपुग्ने लघुवित्त संस्थाहरुको सञ्चालन स्वीकृति रद्द हुने



Chiranjibi-Nepal-1काठमाडौं । गभर्नर डा. चिरञ्जिबी नेपालले गाउँगाउँमा नपुग्ने लघुवित्त संस्थाहरुको सञ्चालन स्वीकृति रद्द हुन सक्ने बताएका छन् । राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन कार्यक्रममा गभर्नर नेपालले गाउँगाउँमा जान नचाहनेहरुको हिसाव आफूले राखेको दावी गरे । उनले नयाँ खुल्नेलाई पनि गाउँमा पठाइने र भएकाहरुलाई पनि गाउँमा जान निर्देशन दिने बताए । ुजो गाउँगाउँ जाँदैनन् उनीहरुको लाइसेन्स रद्द हुनसक्छु उनले भने । तपाईहरु गाउँ जानुस्, त्यहाँ पनि उद्यम गर्छु भन्नेहरु छन्, उनले भने, गाउँमा क्षमता भएका मान्छेहरु छन् । त्यहाँ जानुस् । उनले लघुवित्तका ऋणीका लागि ग्राहक सुरक्षण कोषको ब्यवस्था गरिसकेको भन्दै ब्याज दर घटाउन पनि आग्रह गरे । गभर्नरले लघुवित्त भनेको सामाजिक सेवा पनि भएको भन्दै ब्याज घटाउन आग्रह गरेका हुन् ।

प्रकाशित : २ जेष्ठ २०७३, आईतवार १२:५४