सिजीको वेवसाइटबाट सामान खरिद गर्दा उपहारै उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सिजीको वेवसाइटबाट सामान खरिद गर्दा उपहारै उपहार



काठमाडाै । चौधरी ग्रुप(सिजी) ले दशैँ तिहार पर्वलाई लक्षित गर्दै विभिन्न उपहार योजना उपलब्ध गराएको छ ।

नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सिजीले दशैं तिहार पर्वलाई लक्षित गरि सि.जी.को आधिकारीक वेभसाईटबाट बुकिङ गरि खरिद गरेमा बम्परमा भाग्यशाली ३ जना विजेताहरुले पाउने गरी उपहारै उपहारको व्यावस्था गरेको छ ।

जसअन्तर्गत विजेताहरुले सि.जी.को माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर पाउने कम्पनीले जनाएको छ ।

साथै, उक्त योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दा माथि टिभीको खरिदमा नगद छुट साथै सिजीकै आकर्षक स्पिकर प्राप्त गर्न सकिने छ ।

त्यसैगरी, साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाइनेछ । डलबडोर रेफ्रीजेरेटरमा सि।जी।को प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउने छन् ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार १५:२२