सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड,तपाईंलाई पर्यो कि परेन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड,तपाईंलाई पर्यो कि परेन ?



काठमाडाै । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते, बुधबारदेखि असाेज २५ गते आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (असाेज ३० गते, शुक्रबार) भएकाे छ ।

उक्त आइपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडकाे हलमा गाेलाप्रथाद्वारा गरिएको हो । जसमा २ लाख ७३ हजार जना आवेदकले १० कित्ता शेयर हात पारेका छन् भने ५ लाख ९० हजार ५ सय ८५ जना आवेदकको हात खाली भएको छ ।

८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो ।

यसैगरी, कम्पनीकाे आइपिओमा कुल ८ लाख ६६ हजार ९ सय ५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५ सय २० कित्ता आइपिओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३ सय ६० जना आवेदकबाट परेको ६२ हजार २ सय ८० कित्ता शेयरको आवेदन रद्द भएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ ।

त्यसैगरी, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार १२:०८