सिंहदरबार घेराउ कार्यक्रममा बिदेशी नागरिकको संग्लनताप्रति टानको गम्भीर ध्यानाकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिंहदरबार घेराउ कार्यक्रममा बिदेशी नागरिकको संग्लनताप्रति टानको गम्भीर ध्यानाकर्षण



tanकाठमाडाै । मधेशी मोर्चा सहित २९-दलीय संघिय गठबन्धनको आयोजनामा जारि सिंहदरबार घेराउ कार्यक्रममा बिदेशी नागरिकको संग्लनताप्रति ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ  |

बिगतमा सबै राजनैतिक दलहरुले बन्द-हड्ताल नगर्ने प्रतिबद्धता गरेको सबैमा जाहेर बताउदै टानले प्रतिबद्धता बिपरित भैरहेको घेराउ, बन्द-हड्ताल जस्ता कार्यक्रमले नागरिकहरुको निर्बाध घुमफिर गर्न पाउने अधिकार हनन गरेको  बताएकाे छ ।  यस्ता कार्यले  सिंगो पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पारेको उसको भनाइ छ | आफ्नै प्रतिबद्धता बिपरित भैरेहका यस्ता गतिविधिहरुले राजनैतिक दलहरु राज्यको अर्थतन्त्रप्रति कत्तिको जिम्मेबार छन् भन्ने कुरा प्रष्ट पारिदिएको टानका महासचिब कर्णबहादुर लामाद्धरा जारी विज्ञप्तिमा भनिएको छ ।

बिदेशी पर्यटकहरुको यस्ता गतिविधिहरुमा संलग्नताले विश्व पर्यटन बजारमा नेपाल बारे राम्रो संदेश पक्कै पनि जाँदैन | विनाशकारी भूकम्प र नाकाबन्दीले तहसनहस पारेको हाम्रो पर्यटन उद्योग बिस्तारै तंग्रदै गर्दा यस्ता गतिबिहरुले पर्यटन उद्योगलाइ थप धराशायी बनाउने निश्चित  रहेको टानको भनाइ छ |

हरेक राजनैतिक समस्याहरुको समाधान सरकार र आन्दोलनकारी दुवै पक्षले बार्ता र सम्बादबाट हल गर्नुपर्ने टानको बुझाइ छ |

यस्तै टान  नेपाल भ्रमणमा आएका बिदेशी पर्यटकहरुलाई यस्तो गतिबिधिमा संलग्न नगराउन  सम्पूर्ण पर्यटन ब्यबसायीहरुमा हार्दिक अनुरोध  गर्दै  यस्ता बिदेशी नागरिकलाई उपयुक्त कारबाही गर्न सरकार समक्ष टान जोडदार माग समेत गरेको छ |

प्रकाशित : ३ जेष्ठ २०७३, सोमबार १२:३९