‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ योजना सार्बजनिक, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने



फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ नामक योजना सार्बजनिक गरेको छ ।

यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ । कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमा सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।


नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् ।

जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
मोबाइलबाटै एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न

हिलटप जुनार बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो

काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान

चन्द्रागिरी हिल्सको आइपिओ खुल्यो

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि आज (मंसिर १७ गते

कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यकः अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस(कोभिड १९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न  निजी