प्रभुको सहकार्यमा हेल्पएजले दियो हातहात मै पैसा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभुको सहकार्यमा हेल्पएजले दियो हातहात मै पैसा



काठमाडौं । सरकारी निकायबाट होस् अथवा पिडितका नाममा विदेशबाट आएको रकम बालुवामा पानी सरह भएको अवस्थाका एक गैरसरकारी संस्था हेल्पएज इन्टरनेशनलले भने प्रभु बैंक मार्फत पिडितको हातमा नै रकम उपलब्ध गराएको छ ।

देशको अभिभावक मानिएको सरकारले नै उपलब्ध गराएको सहयोग वितरणकै प्रक्रिया विवादमा परेको अवस्थामा र अन्य संघसंस्थाले उपलब्ध गराएको राहतको विषयमा पनि निश्पक्षताको प्रश्न उठिरहेको बेला यो संस्थाले भने बैंकिङ प्रणाली मार्फत रकम उपलब्ध गराएको छ ।
1806703303_1433327379

सहयोगबारे जानकारी दिंदै प्रभु बैंकका मणिराम पोखरेलले हेल्पएजले ललितपुरका विभिन्न क्षेत्रका भुकम्पबाट पिडित ६० वर्ष माथिका वृद्धवृद्धालाई प्रति परिवार साढे ७ हजार रुपैंया उपलब्ध गराउन लागेको जानकारी दिए । उनका अनुसार इन्टरनेशनलले हिजो मंगलबार मात्रै ललितपुरको लामाटारका ९ वडाका ३१६ परिवारलाई प्रति परिवार ७ हजार ५ सय रकम उपलब्ध गराइसकेको समेत बताए । उनले प्रभु म्यानेज्मेन्टका प्रभु बैंक र प्रभु रेमिट्यान्सको सहकार्यमा उक्त रकम पिडित समक्ष पुर्याएको बताए ।

गैर नाफामुलक संस्थाका रुपमा कार्य गर्दै आएको यस संस्थाले दोलखाको २ वटा गाविसमा राहतका सामग्री उपलबध गराइसकेको छ । भने आगामी जुन ६ भित्र सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, गोरखामा पनि राहत रकम बाड्ने जनाएको छ । संस्थाका सिइयो टोवि पोर्टरका अनुसार राहत रकम हस्तान्तरण गर्न जिल्लास्थित गाविससंगको सहकार्यमा पिडितको पहिचान गरी कुपन दिने र त्यसका आधारका रकम उपलब्ध गराउने जनाइएको छ ।

नेपालको जनगणना २०६८ अनुसार ८ प्रतिशत भन्दा बढीको अनुपातमा भएका ६० वर्ष माथिका वृद्धवृद्धा र उनीहरुमा आश्रित परिवारलाई यो रकम उपलब्ध गराइने संस्थाले जनाएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७२, बिहीबार १६:३६