खानीखोला जलविद्यूत आयोजनाको ९ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खानीखोला जलविद्यूत आयोजनाको ९ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी हुने



IPOs1काठमाडौं । ललितपुरमा निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाको ९ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी हुने भएको छ । जेठ महिनामै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी थालिएको कम्पनीका अधिकारीहरुले बताएका छन् ।  ।
कम्पनीको सेयर निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त भएको सिभिल क्यापिटलले सामूहिक लगानी कोषहरुलाई सेयर किन्न पत्र पठाइसकेको छ ।

गत मंसिरमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई सेयर  निष्काशन गरेको कम्पनीले अहिले जेठमै सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशन गर्न लागेको हो ।

ललितपुरको भट्टेडाँडा नजिकै निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाबाट ६ मेगावाट विद्यूत उत्पादन हुनेछ ।
नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई वैशाख अन्तिममा नै सेयर निष्काशन अनुमति दिएको हो ।

प्रकाशित : ३ जेष्ठ २०७३, सोमबार १२:४६