आधा दर्जन चलचित्रकर्मीलाई सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आधा दर्जन चलचित्रकर्मीलाई सम्मानित



काठमाडाै  । बिगत चार बर्ष देखी कलाकारिताका बिभिन्न बिधामा प्रशिक्षण दिदै आएको प्रसुन संगीत बिध्यालयको चौथो बार्षिकोत्सवको अबसरमा शनिबार राजधानी स्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा आधा दर्जन भन्दा बढी चलचित्रकर्मीलाई सम्मान गरिएको हो ।

ff

पुर्ब सभासद तथा नेपाल आदीबासी जनजाती महासंघका पुर्ब अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) सदस्य तथा अभिनेत्री मेलिना मानन्धर,निर्देशक देबकुमार श्रेष्ठ,कलाकार तथा पुर्ब प्रहरी अतिरिक्त निरिक्षक अर्जुनजंग शाही,गायक तथा संगीतकार अर्जुन पोख्रेल,कलाकार रबिन्द्र खड्का,भानु प्रताप,कुशल थापा,राज कटुवाल र हरिहर भण्डारीलाई सम्मान गरिएको छ ।

 

मेलिना र अर्जुन भने कार्यक्रममा उपस्थित हुन सकेनन् । यद्दपी आयोजकले सम्मान गरेको घोषणा गरेको छ । बिबिध साँस्कृतिक कार्यक्रममा गायकदय डिजराज पौडेल र रत्न राईले सांगितिक प्रस्तुती दिएका छन् । भने,एक दर्जन भन्दा बढी गीतमा यसै बिध्यालयका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुती दिएका छन् ।

 

सम्मान प्राप्त गरेका चलचित्रकर्मीहरुले खुसी ब्यक्त गर्दै यस्ता किसिमका कार्यक्रम र सम्मानले चलचित्र क्षेत्रमा काम गर्न र केहि योगदान दिन अझ थप हौसला मिलेको प्रतिकृया दिए ।

 

कार्यक्रममा प्रसुन संगीत बिध्यालयका अध्यक्ष सोहन ताम्राकार,कार्यक्रम संयोजक अजेन्द्र थपलिया,हरिहर भन्डारी र पुर्ब सभासद पासाङ शेर्पाले बोलेका थिए ।

 

प्रकाशित : ३ जेष्ठ २०७३, सोमबार १३:०१