टेलिकमको ग्राण्ड अफर, ९० रुपैयाँमा अनलिमिटेड डाटा ( तरिकासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टेलिकमको ग्राण्ड अफर, ९० रुपैयाँमा अनलिमिटेड डाटा ( तरिकासहित)



Capture(23)काठमाडौं  । नेपाल टेलिकमले इन्टरनेशनल टेलिकम्युनिकेसन डेको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई नाइट डाटा प्याकेज अफर उपलब्ध गराउने भएको छ । जेठ ४ देखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड तथा सिडिएमए प्रिपेड तथा पोष्टपोडका ग्राहकहरुलाई नाइट डाटा प्याकेजको अफर उपलब्ध गराउने भएको हो ।

सो अफर अन्तर्गत रु. ९०।–(कर बाहेक)मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमीटेड डाटा चलाउन सकिनेछ ।

यो सुविधा लिनका लागि nightdata टाइप गरी १४१५ मा म्यासेज पठाउनुपर्नेछ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार प्रत्येक वर्षको मे १७ का दिन इन्टरनेशनल टेलिकम्युनिकेसन डे मनाइन्छ ।

प्रकाशित : ३ जेष्ठ २०७३, सोमबार १३:०९