एन आई सी एशियामा लक्ष्मण रिसाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एन आई सी एशियामा लक्ष्मण रिसाल नियुक्त



635990158060937500काठमाडाै । एन आई सी एशिया यस बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा लक्ष्मण रिसाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैंठकको निर्णयवमोजिम रिसाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ । रिसाल विगत एकबर्षदेखि एन आई सी एशिया बैंकमानै कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

एनआइसी एसिया बैंकमा १२ बर्षसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका शसिन जोशी नबिल बैंक गएपछि एनआइसी एशिया बैंकमा प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो ।

रिसालसँग विगत २६ वर्षदेखि बैंकिंग तथा विमा क्षेत्रमा विभिन्न नेतृत्वदायी भूमिकाहरुमा रहि कार्य सम्पादन गरेको अनुभव रहेको छ । एनआईसी मर्ज हुनुअघि पनि रिसाल बैङ्क अफ एशियाका कामु प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

उनी बैंकको प्रमुख सञ्चालक अधिकृत भएपछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर गएका थिए । त्यहाँ एक बर्षजति काम गरेपछि उनी तत्कालिन बैंक अफ एसिया नेपालका महाप्रबन्धक भए ।

एनआईसी बैंकले आ.व. २०७२/७३ को चैत्र मसान्तसम्म कुल निक्षेप रु.६४.१४ अर्व र कर्जा रकम रु. ५२.४९ अर्व परिचालन गरी रु. ९२.६५ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०५५ साउन ५ गते स्थापना भई २०७० आषाढ १६ गते तत्कालिन एन आई सी बैंक तथा बैंक अफ एशिया आपसमा मर्ज भै एन आई सी एशिया बैंकको रुपमा सँञ्चालन हुदै आएको यस बैंकको रजिष्ट्र्रड कार्यालय काठमाडौं ११ स्थित ट्रेड टावर भवन थापाथलिमा रहेको छ । बैंकले ६७ वटा शाखा तथा ६९ वटा एटिएम मार्फत ग्राहक समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ३ जेष्ठ २०७३, सोमबार १४:५४