मेगा बैंकको ‘टीक बैंकिङ’ सेवा संचालनमा



काठमाडाै । मेगा बैंकले ‘टीक बैंकिङ’ सेवा संचालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकले आफूले लिन चाहेको सेवा बारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने बैंकले जनाएको छ । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा सहज र प्रभावकारी हुने बैंकको विश्वास छ ।

यो सेवा कसरी लिने ?

बैंकका अनुसार यो सेवा लिन सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको बेबसाइट खोल्नुपर्ने हुन्छ । जसको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ उल्लेखित एउटा ट्याबमा आउँछ । यस ट्याबमा क्लिक गरेपछि जुन सेवा लिन चाहेको हो, त्यो छान्नुपर्छ । त्यसपछि त्यहाँ मेगा बैंकका बचत, कर्जा, मुद्दती र डिजिटलका बिभिन्न सेवा÷सुविधाहरु भेटिन्छन् । ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नुपर्छ । त्यो विवरण भर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र बिभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।

इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताईन् । ‘यो सेवा बैंकिङ क्षेत्रमा नयाँ आयाम बन्नेछ । ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा गरेअनुसारको सेवा तत्कालै लिन पाइनेछ । यसले स–सानो कुराका लागि जानकारी लिन बैंकमै आउनुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास लिएका छौं ।’– सिइओ खुञ्जेलीले भनिन् ।

 

 

प्रतिक्रिया दिनुहोस
सहकारी नेतासंग अर्थमन्त्रीले राखे यस्तो माग

काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले सहकारीको पुँजी उत्पादनशिल क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाउन

१६७८ निको हुँदा, संक्रमित र मृतकको संख्या कति ?

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि

ग्लोबल आइएमई बैंकका कर्मचारीलाई आयो यस्तो खबर,बार्षिक बिदा लिदा यी व्यवस्था अनिवार्य

काठमाडांै । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड

प्रकाशित मिति २०७८ असार १ देखि