जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटको कार्यकाल थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटको कार्यकाल थप



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल थपिएको छ । महाप्रबन्धक तमोटको कार्यकाल आगामी तीन महिना अर्थात माघ १८ गतेसम्मको लागि थप भएको हो ।

कार्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप गर्ने निर्णय गरेका हुन् । महाप्रबन्धक तमोटको कार्याकाल यहि कार्तिक १८ गतेसम्म रहेको थियो । सञ्चालक समितिको निर्णयसँगै उनले आगामी माघ १८ गतेसम्म यस कम्पनीमा आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

प्रकाशित : १६ कार्तिक २०७७, आईतवार १३:२४