बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.१ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.१ प्रतिशतले बढ्यो



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.६ प्रतिशतले बढेको थियो । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको नौ महिनाको तथ्यंक अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप क्रमशः ११.८ प्रतिशत, ७.६ प्रतिशत र २.८ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षे प २२.८ प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको कर्जा प्रवाह क्रमशः १५.७ प्रतिशत, ९.६ प्रतिशत र ६.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा औद्योगिक उत्पादन, निर्माण तथा कृषि जस्ता प्रमुख क्षेत्रहरुमा अघिल्लो वर्षको सोही
अवधिको तुलनामा कर्जा प्रवाह केही न्यून भएको छ । समीक्षा अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ९.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २४.१ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशतले बढेको छ ।
२०७२ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.१ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह
भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.६ प्रतिशत र १३ प्रतिशत रहेको थियो । २०७२ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जा मध्ये घर
क्षेत्रमा रु. २३१ अर्ब ९७ करोड (प्रति ग्राहक रु. १ करोड भन्दा कमको रु. १३१ अर्ब ४२ करोडको आवासीय घरकर्जा समेत) रहेको केन्द्रिय बैंकको भनाई छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १४.८ प्रतिशत हुन आउँछ । २०७२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत (रु. ३४ अर्ब ७७ करोड) रहेको
छ भने वाणिज्य बैंकहरुबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.७ प्रतिशत (रु. ३४ अर्ब ६ करोड) छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) १२.२ प्रतिशत (रु. ६ अर्ब ७१ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.६ प्रतिशतले बढेको थियो ।

प्रकाशित : ४ जेष्ठ २०७३, मंगलवार १२:२०