सुन र चाँदी दुवैको मूल्य उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुन र चाँदी दुवैको मूल्य उकालो लाग्यो



काठमाडाैं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैकाे मूल्य उकालाे लागेको छ ।

मंगलबार सुनकाे मूल्य ताेलामा ४ सय रूपैयाँले बढेर प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ४ सय रूपैयाँले नै बढेर प्रतिताेला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलवार ११:१५