युनाइटेड इदी मार्दीको आइपिओ कात्तिक २७ बाट बिक्री खुला, कति दिन पाइन्छ आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

युनाइटेड इदी मार्दीको आइपिओ कात्तिक २७ बाट बिक्री खुला, कति दिन पाइन्छ आवेदन ?



काठमाडाै । युनाइटेड इदी मार्दी हाइड्रोपावरले कात्तिक २७ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री गरेको थियो ।
सो समयको स्थानीयले नकिनेको सेयर थप गरेर अहिले सार्वसाधारणका लागि कुल ८ लाख ७३ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको हो । यसअघि स्थानीयलाई जारी गरेको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन सकेको थिएन ।

जारी हुने सेयरमध्ये ४३ हजार ६ सय ९६ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएकोे छ भने कर्मचारीका लागि १७ हजार ४ सय ७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ११ गतेसम्म भर्न सकिनेछ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २० कार्तिक २०७७, बिहीबार १२:०२