निगमले तिर्‍यो ३ अर्ब ६४ करोड ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निगमले तिर्‍यो ३ अर्ब ६४ करोड ऋण



oil nigamकाठमाडौं । नेपाल आयल निगमले सरकारको ३ अर्ब ६४ करोड रुपैयाँ ऋण तिरेको छ । निगमले मंगलबार अर्थ मन्त्रालयलाई ऋण तिरेको हो ।अब सरकारलाई ४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । तीन महिनाअघि मात्रै सरकारको ३ अर्ब ऋण तिरेको आयल निगमले फेरि ३ अर्ब ६४ करोड रुपैयाँ ऋण भुक्तानी गरेको हो । आयल निगमले झण्डै एक अर्ब रुपैयां कर्मचारीको बोनसका लागि छुट्याएर राखेको छ ।

अब सरकारको ४ अर्ब रुपैयाँ ऋण तिर्नासाथ आयल निगमका कर्मचारीले बोनस रकम हात पाउने जनाइएको छ । आयल निगमलाई अहिले पेट्रोल लिटरमा झण्डै १३ रुपैयाँ नाफा छ भने डिजेलमा पनि १२ रुपैयाँ नाफा छ ।

ग्यासमा पनि निगमलाई प्रतिसिलिन्डर ९२ रुपैयाँ नाफा छ । अन्तर्राष्ट्रिय बजार अनुरुप मूल्य समायोजन गर्ने भनिएपनि निगमले तेलको मूल्य समायोजन नगरेको लामो समय भइसकेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७३, बुधबार ०२:३६