मूल्यबृद्धि ९ दशमलव ७ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मूल्यबृद्धि ९ दशमलव ७ प्रतिशत



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं। चालु आर्थिक वर्षको चैतमा मूल्यबृद्धि ९ दशमलव ७ प्रतिशतमा झरेको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वर्तमान आर्थिक  स्थितिमा क्रमिकरुपमा सुधारोन्मुख रहेको उपभोक्ता मुद्रास्फीति २०७२ पुस महिनाको उच्चबिन्दू १२.१ प्रतिशतबाट २०७२ चैतमा ९.७ प्रतिशतमा झरेको जनाएको हो ।

दक्षिणी सीमाका भन्सार नाकाहरुको अवरोध सहज हुँदै गएबाट इन्धनलगायत उपभोग्य वस्तुहरुको आपूर्ति सामान्यीकरण हुँदै गएकोले २०७२ पुसदेखि उपभोक्ता मुद्रास्फीति ओरालो लाग्नेक्रममा रहेको केन्द्रीय बैंकको भनाइ छ ।वार्षिक बिन्दूगत् आधारमा २०७२ चैतमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य सूचकांक बृद्धिदर ९.३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकांक बृद्धिदर १० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य २६.८ प्रतिशत र मसलाको मूल्य १५.९ प्रतिशतले बढेको छ । त्यसैगरी, घ्यू तथा तेल र लत्ता–कपडा तथा जुत्ताको मूल्यमा क्रमशः १५.५ प्रतिशत र १५.३ प्रतिशतले बृद्धि भएको छ । चैत महिनामा कुल वस्तु निर्यात् २३.४ प्रतिशतले ह्रास आइ रु. ४९ अर्ब २४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात् ५.६ प्रतिशतले घटेको थियो । यस अवधिमा कुल वस्तु आयात् ९.९ प्रतिशतले घटेर रु. ५१९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात् १०.५ प्रतिशतले बृद्धि भएको थियो ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगन्ज सुख्खा बन्दरगाहबाट भएको निर्यात्मा बृद्धि भएतापनि अन्य भन्सार नाकाहरुबाट भएको निर्यात्मा कमी आएको छ ।

त्यसैगरी, आयात्तर्फ समीक्षा अवधिमा मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार नाकाबाट हुने आयात्मा कमी आएको छ भने अन्य नाकाबाट भएको आयात्मा बृद्धि भएको छ । तातोपानी भन्सार नाकाबाट हुने व्यापार अझै सुचारु हुन सकेको छैन । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८.२ प्रतिशतले घटी रु. ४७० अर्ब ७३ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२.९ प्रतिशतले बढेकोे थियो ।

प्रकाशित : ५ जेष्ठ २०७३, बुधबार ०२:४३