शेयर बजार दाेहाेराे अंकले बढ्यो , ४ अर्बभन्दा बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर बजार दाेहाेराे अंकले बढ्यो , ४ अर्बभन्दा बढीको कारोबार



काठमाडौँ । आज शेयर बजार बढेको छ । मंगलबार शेयर बजार दाेहाेराे अंकले बढेकाे हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २५.९८ अंकले बढेर एक हजार ६७८.७९ मा पुगेकाे छ ।

नेप्से १.५७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०६ अंकले बढेर ३३०.३९ मा पुगेको छ ।

कूल १९६ वटा कम्पनीकाे ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलबार १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलवार १५:३८