बैंकिङ कसुरको आरोपमा सीताराम प्रसाईंसहित तीन जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंकिङ कसुरको आरोपमा सीताराम प्रसाईंसहित तीन जना पक्राउ



काठमाडौ । तत्कालीन मनकामना बिकास बैंकमा बैंकिङ कसुर गरेको आरोपमा   सीताराम प्रसाईंसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले प्रसाईसहित  तुलसी उप्रेती र कञ्चन पराजुलीलाई बिहीबार  महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुकै निवासबाट पक्राउ गरेको जनाईएको छ ।

यति विकास बैंकका तत्कालीन कार्यकारी अध्यक्ष प्रसाईं‌ कमसल धितो र बढी मूल्यांकन गरी बैंकलाई नोक्सान पुर्‍याएको अभियोगमा २०७० मंसिरमा पनि पक्राउ परेर छुटेका  थिए ।

एस के इन्टरप्राइजेजका सञ्चालक चन्द्रकला राई र उनका श्रीमान होसियारसिंह गुरुङलाई नक्कली ऋणी खडा गरी तत्कालिन मनकामना बिकास बैंकबाट अनियमित तरिकाले करोडौं रुपिया ऋण प्रवाह गरेको अभियोग प्रसाइमाथि लागेको छ । उनी तत्कालिन अवस्थामा मनकामना डेभलपमेण्ट बैंकमा कार्यकारी अध्यक्ष रहेका थिए ।

यस मामिलामा   बैकका तत्कालिन कार्यकारी अध्यक्ष  प्रसाई, तत्कालीन महाप्रवन्धक भागवत श्रेष्ठ तत्कालिन बरिष्ठ प्रबन्धक सुनिल गुरुङ, खोशी मार्केटिङ प्रालिका प्रोप्राइटर केशवलाल खोशी श्रेष्ठ र उनका वारिस सुनिल प्रधान तथा मालपोत कार्यालय सुनसरीका तत्कालिन खरिदार दिब्यराज घिमिरेलाई अख्तियारले मुद्धा दर्ता पनि दर्ता भएको थियो । उनीहरुले  जग्गालाई  अधिक मुल्यांकन गरी मिलेमतोमा  कर्जा स्वीकृति गरि कर्जा अपचलन गरेका थिए । नक्कली धितो खडा गरी कर्जा दुरुपयोग गरेको पाइएको अख्तियारको आरोप थियो ।

साना तथा तथा घरेलु उद्योग बिकास बैक हुँदै मनकामना र अहिले  यति विकास बैंकको रुपमा कारोबार गरिरहेको छ । तत्कालीन संचालकहरुले गरेको घोटालाका कारण यती बिकास बैक तीनवटा संस्था मिलेर मर्ज हुँदा पनि निस्क्रिय कर्जाको जंजालबाट माथि उठ्न सकेको छैन ।

प्रकाशित : २२ जेष्ठ २०७२, शुक्रबार ०२:५१