नेपाल लाइफले दश प्रतिशत एफपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल लाइफले दश प्रतिशत एफपिओ निष्काशन गर्ने



635993591347656250काठमाडाै । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाले आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृति गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाले बोनश प्रस्तावका साथै बोनशपछि दश प्रतिशत एफपिओ जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीले संस्थापक साधारण तर्फको सेयर रेसियो ७०:३० प्रतिशत बनाउनका लागि फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरिने भएको हो । कम्पनी संचालक समिति सदस्य कमलेश अग्रवालले हाल कम्पनीमा संस्थापकको ८० र सर्वसाधारण तर्फ २० प्रतिशत सेयर स्वामित्व रहेको जानकारी दिदै दश प्रतिशत एफपीओ प्रिमियम मुल्यमा जारी गर्ने प्रस्ताव साधारणसभाबाट स्वीकृत भएको बताए ।

हाल एक अर्ब ७३ करोड चुक्ता पूँजी रहेकोमा बोनस र एफपीओ जारी पछि चुक्ता पूँजी दुई अर्ब ३७ करोड नाघ्ने छ ।

प्रकाशित : ८ जेष्ठ २०७३, शनिबार १४:०६