खानी खोलाको साधारण सेयर जेठ १६ बाट बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खानी खोलाको साधारण सेयर जेठ १६ बाट बिक्री खुला



काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो ।

कम्पनीले कुल निस्सकासन गर्ने सेयरहरुमध्ये ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोष कम्पनीहरु र १८ हजार ६२९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसअघि निस्कासन गरिएका साधारण सेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिनु पर्थियो ।

प्रकाशित : ९ जेष्ठ २०७३, आईतवार ०९:०४