काठमाडौं उपत्यकामा मात्र १ लाख जनालाई कोरोना, ४ सय ८८ जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काठमाडौं उपत्यकामा मात्र १ लाख जनालाई कोरोना, ४ सय ८८ जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार १ सय ७ संक्रमित थपिएसंगै उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको हो ।

जसमा काठमाडौमा ८१ हजार ५ सय ८८ , ललितपुरमा ११ हजार ९ सय ४८ र भक्तपुरमा ७ हजार ३ सय ३६ जना रहेका छन् ।

यस्तै नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ४० जनामा भएको परीक्षणमा १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिलामा संक्रमण देखिएको हो ।

यो सँगै देशभर कूल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । देशभर संक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ ।

उपत्यकामा भने १२ हजार ६ सय ९२ हाल सक्रिय संक्रमित छन् । यो संख्या देशभर संक्रिय संक्रमित संख्याको ५१ दशमलव ४५ प्रतिशत हो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको ।

यो सँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।

काठमाडौ उपत्यकामा मात्रै हाल सम्म ४ सय ८८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आज एकै दिन ५ हजार ५ सय ६५ जनाले कोरोना संक्रमण जितेका छन् ।

संक्रमण जित्नेको यो संख्या अहिले सम्म कै उच्च हो । हालसम्म देशभर कोरानाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

देशभर ४ सय ३ जना आईसियूमा छन् भने ६३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार २०:३२