पश्चिमाञ्चल फाइनान्सको मुनाफा ६२ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पश्चिमाञ्चल फाइनान्सको मुनाफा ६२ प्रतिशतले घट्यो



346984888_1463904638काठमाडौं । पश्चिमाञ्चाल फाइनान्स कम्पनीले तेस्रो त्रैमासमा खुद मुनाफा ६२ प्रतिशतले घटेर १ करोड ९४ लाख रुपैयाँ कमाएको छ भने अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५ करोड २ लाख रुपैयाँ कमाएको छ ।

फाइनान्सले निक्षेपमा २६ दशमलव ७१ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३२ करोड ५१ लाख संकलन गरी कर्जामा २ अर्ब २४ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा २० प्रतिशतले घटेको हो । फाइनान्सको खुद व्याज आम्दानी १८ दशमलव ८६ प्रतिशतले घटेर ८ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ९० प्रतिशतले घटेको हो । फाइनान्सले खुद व्याज आम्दानी तथा संचालन मुनाफा घटाएको हुदा खुद मुनाफा पनि घटेको हो । फाइनान्सले प्रोभिजनमा ६ करोड ७३ लाख रुपैयाँ राखिएको छ ।

फाइनान्सको जोखिम युत्त सम्पत्ति १८ दशमलव ७४ प्रतिशत रहेको छ भने निष्कृय कर्जा ४ दशमलव ८५ प्रतिशत रहेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७३, आईतवार ०९:०६